अमेरिकामा कुल जनसंख्यामध्ये १८ करोड ४६ लाख बढी परीक्षण

अमेरिकामा कुल जनसंख्यामध्ये १८ करोड ४६ लाख बढी परीक्षण तरुण खबर २ श्रावण २०७८, शनिबार १०:०६
अमेरिकामा कुल जनसंख्यामध्ये १८ करोड ४६ लाख बढी परीक्षण

काठमाडौं । अमेरिकामा पछिल्लो २४ घण्टा (१६, जुलाई) मा ८ लाख ५२ हजार ७७६ जनाको नमुना परीक्षण गर्दा ३८ हजार ३७१ जना कोरोनाभाइरसको संक्रमण थपिएका छन् । १५, जुलाईमा ६ लाख ४९ हजार २२० जनाको नमुुना परीक्षण गर्दा ३७ हजार ८१६ जना कोरोनाभाइरसका संक्रमित थपिएका थिए । यस्तै, पछिल्लो २४ घण्टा (१६, जुलाई) मा कोरोनाभाइरसको संक्रमणबाट २९३ जनाको मृत्युभएको छ । १५, जुलाईमा कोरोनाभाइरसको संक्रमणबाट ३६१ जनाको मृत्युभएको थियो ।

अमेरिकामा साउन २ गते शनिबार बिहान ७.३० बजेसम्ममा ३ करोड ४९ लाख २६ हजार ९८२ जना कोरोना भाइरसका कुल संक्रमित छन् । कुल संक्रमितमध्ये शनिबार बिहान ७.३० बजेसम्ममा २ करोड ९३ लाख ५८ हजार ५ सय ३१ जनालाई कोरोना भाइरसको संक्रमण निको भएको छ । नेपाली समय अनुसार साउन २ गते विहान ७.३० बजेसम्ममा अमेरिकामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ४९ लाख ४३ हजार ८४५ जना छन् ।

नेपाली समय अनुसार साउन २ गते शनिबार बिहान ७.३० बजेसम्ममा अमेरिकाले ५१ करोड ६० लाख ६४ हजार ८०२ जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिसकेको छ । अमेरिकाको कुल जनसंख्या ३३ करोड १४ लाख ४९ हजार २८१ जनामध्ये करीब १८ करोड ४६ लाख १५ हजार ५२१ जना अर्थात अमेरिकाको कुल जनसंख्याभन्दा करीब १८ करोड ४६ लाख १५ हजार ५२१ जनाभन्दा बढीको कोरोना भाइरसको परीक्षण गरिसकेको छ । अमेरिकामा कोरोनाको संक्रमणबाट साउन २ गते शनिबार बिहान ७.३० बजेसम्ममा (नेपाली समय अनुसार) कुल संक्रमितमध्ये ६ लाख २४ हजार ६०६ जनाको मृत्यु भैसकेको छ ।

साउन २ गते बिहान ७.३० बजेसम्ममा विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या १९ करोड २ लाख ६६ हजार ५८० जना छन् । कोरोना भाइरसका कुल संक्रमितमध्ये संक्रमणबाट मृत्यु हुनेको संख्या ४० लाख ९१ हजार ४७७ जना छन् ।