तरुण खबर
१७ मंसिर २०८२, बुधबार १२:३६
सिद्धार्थ बैंक लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) पदमा रामेश्वर प्रसाद बस्याल नियुक्त भएका छन्। बैंकको सञ्चालक समितिको ४६७औँ बैठकले बस्याललाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो। हाल प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेलको ४ वर्षे कार्यकाल मंसिर २६ गते सकिँदैछ।
यसै सन्दर्भमा, नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत बस्याललाई मंसिर २७ गतेदेखि नयाँ जिम्मेवारी सम्हाल्ने गरी नियुक्ति गरिएको छ। बस्यालको नियुक्तिसँगै बैंकले नेतृत्वमा सहजता र निरन्तरता कायम राख्दै आगामी रणनीति र सञ्चालनलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।


