तरुण खबर
१७ मंसिर २०८२, बुधबार १२:३९
माछापुच्छ्रे क्यापिटलले निष्काशन गरेको सामूहिक लगानी कोष – माछापुच्छ्रे एसआइपी योजना मा आवेदन दिनको आज अन्तिम दिन हो।
क्यापिटलले मंसिर १४ गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा २० करोड रुपैयाँ बराबरको २ करोड इकाई बिक्रीमा ल्याएको हो। यो योजना एमबीएल सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने खुलामुखी प्रकृतिको योजना हो।
यो योजनाको कुल आकार ५ करोड इकाई रहेको छ। जसमध्ये—
१४% (७० लाख इकाई) कोष प्रबर्धक माछापुच्छ्रे बैंक का लागि सुरक्षित छ।
१% (५ लाख इकाई) योजना व्यवस्थापक माछापुच्छ्रे क्यापिटल का लागि सुरक्षित गरिएको छ।
सर्वसाधारणले १ करोड २५ लाख इकाई को लागि आवेदन दिन सक्नेछन्।


