बेलायती स्वास्थ्य मन्त्री जाविदलाई कोरोना संक्रमण

बेलायती स्वास्थ्य मन्त्री जाविदलाई कोरोना संक्रमण तरुण खबर ३ श्रावण २०७८, आईतवार ११:५४
बेलायती स्वास्थ्य मन्त्री जाविदलाई कोरोना संक्रमण

काठमाडौं । ब्रिटेनका स्वास्थ्य मन्त्री साजिद जाविदलाई कोरोनाभाइरसको संक्रमण भएको छ, जबकि उनले दुुबै डोज खोप लगाएको थिए । उनले शनिबार आपूm कोरोना संक्रमित भएको र आइसोलेसनमा बसेको भन्दै ट्वीट गरेका थिए । बेलायती प्रधानमन्त्री बोरिस जोनसालाई पनि २०२० को कोरोनाभाइरसको पहिलो लहरमा संक्रमण भएको थियो । बेलायतले युवाहरुमध्ये दुुई तिहाई युुवालाई कोरोना विरुद्धको दोस्रो डोज खोप लगाई सकिएको छ । भारत पछि बेलायतमै डेल्टा भेरियन्ट देखिएको थियो ।

६ करोड ८२ लाख ५७ हजार ४८९ जनसंख्या भएको ब्रिटेनमा १५ जुलाईदेखि कोरोनाभाइरसको संक्रमण अकस्मात बढ्दै गएको छ । बेलायतले १९ जुलाईबाट मास्क र भौतिक दूरी कायम गर्नु नपर्ने बताएको थियो । ब्रिटेनमा पछिल्लो २४ घण्टा (१७, जुलाई) मा ५४ हजार ६७४ जना कोरोनाभाइरुसका संक्रमित थपिएका छन् । २०७८ साउन ३ गते आइतबारसम्ममा बेलायतमा ५३ लाख ८६ हजार ३४० जना कोरोनाभाइरसका कुल संक्रमित छन् । कुल संक्रमितमध्ये ४३ लाख ९० हजार ९४२ जनालाई संक्रमण निको भैसकेको छ भने कोरोनाभाइरसको संक्रमणबाट १ लाख २८ हजार ६८३ जनाको मृत्यु भएको छ । बेलायतमा सक्रिय संक्रमितको संख्या ८ लाख ६६ हजार ७१५ जना छन् ।

बेलायतको स्वास्थ्य विभागको तथ्यांक अनुसार एक सातामा संक्रमितको संख्या ४५ प्रतिशत बढ्दै गएको छ । बेलायतका अस्पतालहरु भीडभाडले थपिन थालेका छन्, अस्पतालमा भर्ना पाउन मुस्किल हुन थालेको छ । गत १५, जनवरीमा ५५ हजार ७६१ कोरोनाभाइरसका संक्रमित थपिएका थिए ।