नेपाल लाइफको सेयरधनीलाई २१.०५% लाभांश प्रस्ताव

नेपाल लाइफको सेयरधनीलाई २१.०५% लाभांश प्रस्ताव तरुण खबर २५ मंसिर २०८२, बिहीबार ११:३२
नेपाल लाइफको सेयरधनीलाई २१.०५% लाभांश प्रस्ताव

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरूलाई कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको सञ्चालक समितिको हालै बसेको बैठकले लाभांश निर्धारण गरी बीमा प्राधिकरणमा स्वीकृति प्रक्रियाका लागि पठाइएको हो।

कम्पनीले ९ अर्ब २ करोड ८७ लाख ६३ हजार २०९ रुपैयाँ चुक्ता पूँजीकाे आधारमा १ अर्ब ९० करोड ७ लाख ९२ हजार २५५ रुपैयाँ बराबरको लाभांश वितरण गर्नेछ। यसअन्तर्गत ५ प्रतिशत बोनस शेयर तथा करसहित १६.०५ प्रतिशत नगद लाभांश समावेश छन्।

लाभांश प्रस्ताव बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी २६औँ वार्षिक साधारण सभाबाट अनुमोदन भई शेयरधनीलाई वितरण हुनेछ। कम्पनीले यो लाभांश निर्णयलाई नियमित लाभांश परम्पराको निरन्तरता र सेयरधनी प्रतिको दायित्व पूरा गर्ने कदमका रूपमा प्रस्तुत गरेको छ।