तरुण खबर
२५ मंसिर २०८२, बिहीबार १२:०२
मिड सोलु हाइड्रोपावर लिमिटेडले शेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण प्रस्ताव पारित गर्न चौथो वार्षिक साधारण सभा बोलाएको छ। सभा पुस २१ गते सोमबार, दिउँसो १ बजे, मानसरोबल पार्टी प्यालेस, पुरानो बानेश्वर, काठमाडौंमा हुने कम्पनीले जनाएको छ।
गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव सभामा पेश गरिनेछ। साथै, बोनस शेयरको कर प्रयोजनार्थ ०.७८९० प्रतिशत नगद लाभांश वितरण, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने, संस्थापक शेयरधनी समूहको तर्फबाट ५ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने र संस्थागत सुशासनसम्बन्धी प्रतिवेदन स्वीकृत गर्ने जस्ता प्रस्ताव पनि पारित गरिनेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १३ गते एक दिनका लागि बुकक्लोज गर्ने जनाएको छ। यस अनुसार पुस ९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्।
कम्पनीको यो कदमले शेयरधनीलाई लाभांश वितरणमा पारदर्शिता र समयमै प्रतिफल सुनिश्चित गर्ने सकारात्मक संकेत दिएको छ।


