तरुण खबर
२८ मंसिर २०८२, आईतवार १०:४४
रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले पुस ७ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन र बिक्री सुरु गरेको छ । यसअघि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि कम्पनीले प्रि–अलोटमेन्टमार्फत आईपीओ निष्काशन गरेको थियो।
कम्पनीले सार्वजनिक निष्काशनका लागि ९ लाख २४ हजार ७६८ कित्ता साधारण शेयर उपलब्ध गराएको छ, जबकि ५७ हजार ७९८ कित्ता साधारण शेयर आफ्ना कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ।
कम्पनीको प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ भए पनि, लगानीकर्ताले प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसामा आवेदन दिनुपर्नेछ। यस मूल्य निर्धारण प्रतिशेयर कटअफ मूल्य ९१२ रुपैयाँको १० प्रतिशत छुटको आधारमा तय गरिएको हो।
आईपीओ अन्तर्गत लगानीकर्ताले न्यूनतम ५० कित्ता शेयर र अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।
कम्पनीले घोषणा गरेअनुसार, आईपीओ निष्काशन छिटोमा पुस ११ गते बन्द हुनेछ। यदि उक्त अवधिभित्र पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि पुस २१ गतेसम्म लम्बिनेछ।


