जीवन विकास लघुवित्तले ४.७३६८% लाभांश वितरण गर्ने

जीवन विकास लघुवित्तले ४.७३६८% लाभांश वितरण गर्ने तरुण खबर २८ मंसिर २०८२, आईतवार १०:४७
जीवन विकास लघुवित्तले ४.७३६८% लाभांश वितरण गर्ने

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ४.७३६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

संस्थाले हाल कायम चुक्ता पूँजीको १४.७३६८ प्रतिशत बराबर लाभांश वितरण गर्ने योजना बनाएको छ, जसमा १४ प्रतिशत बोनस शेयर र ०.७३६८ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) समावेश छ।

मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो। लाभांश वितरण नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि नै लागु हुनेछ।