तरुण खबर
२८ मंसिर २०८२, आईतवार १०:५२
यामाहा नेपालले बुटवलमा आफ्नो नयाँ यामाहा ब्लू स्क्वायर शो रुमको भव्य उद्घाटन गरेको छ। बाइकरज बुटवल प्रा. लि. द्वारा सञ्चालित यो अत्याधुनिक सुविधा, यामाहाको देशव्यापी विस्तार रणनीतिमा महत्वपूर्ण चरण सावित भएको छ र लुम्बिनी प्रदेशमा ग्राहक अनुभवलाई नयाँ स्तरमा पुर्याउने लक्ष्य राखेको छ।
उद्घाटन समारोहमा प्रमुख अतिथि हेरोशी सेतोगावा (डाइरेक्टर, यामाहा मोटर इन्डिया सेल्स प्रा. लि.), विशेष अतिथि विष्णु कुमार अग्रवाल (मेनेजिङ डाइरेक्टर, एमएडब्ल्यू समूह), यामाहा अतिथि राजदीप सिंह ग्रेवाल स्यान (जीएम–एक्सपोर्ट मार्केटिङ, यामाहा मोटर इन्डिया) र दीपक कुमार अग्रवाल (कार्यकारी निर्देशक तथा सीईओ, एमएडब्ल्यू राइड्स प्रा. लि.) लगायत बैंकिङ, कर्पोरेट र सञ्चारकर्मीको उपस्थिति रहेको थियो।
नयाँ ब्लू स्क्वायर शो रुमले यामाहाको विश्वव्यापी प्रिमियम रिटेल पहिचानलाई प्रस्तुत गर्दै 3S इन्फ्रास्ट्रक्चर (सेल्स, सर्भिस, स्पेयर पार्ट्स) अन्तर्गत ग्राहकलाई पूर्ण सुविधा प्रदान गर्नेछ। प्रशिक्षित सेवा कर्मचारी, आधुनिक उपकरण र विशेष स्पेयर पार्ट्स क्षेत्रसहित शो रुमले उत्कृष्ट सेवा दक्षता र विश्वस्तरीय बिक्रीपश्चात समर्थन सुनिश्चित गर्नेछ।
विष्णु कुमार अग्रवालले उद्घाटन समारोहमा ब्लू स्क्वायर अवधारणाको महत्वमा जोड दिँदै भने, “ब्लू यामाहाको युवा, प्रदर्शन, उत्साह र रेसिङ DNAको प्रतीक हो। ब्लू स्क्वायर शो रुमले ग्राहकमुखी अनुभव प्रदान गर्दै विश्वस्तरीय सेवा सुनिश्चित गर्नेछ। यसले हाम्रो उत्पादन मात्र नभई यामाहा राइडरको जीवनशैली, आशा र उत्साह पनि प्रस्तुत गर्छ।”
यामाहा मोटर इन्डिया सेल्सका डाइरेक्टर हेरोशी सेतोगावाले पनि बुटवल टीमलाई शुभकामना दिंदै ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिनेको प्रतिबद्धता व्यक्त गरे। उनले भने, “ब्लू स्क्वायर शो रुमले यामाहाको विश्वव्यापी मापदण्ड कायम राख्नेछ र ग्राहकलाई उत्कृष्ट अनुभव दिनेछ।”
ब्लू स्क्वायर अवधारणाले केवल रिटेल स्पेस मात्र नभई यामाहाको जीवनशैली–प्रेरित दर्शनलाई प्रस्तुत गर्दछ, जसले आधुनिक राइडरको प्रदर्शन, शैली र विश्वासको खोजिलाई सम्बोधन गर्छ।
यामाहा नेपाल, एमएडब्ल्यू राइड्स प्रा. लि. अन्तर्गत, देशभर नवप्रवर्तन, प्रिमियम अनुभव र भरपर्दो सेवामा अग्रसर रहिरहने प्रतिबद्धता व्यक्त गरेको छ। बुटवल ब्लू स्क्वायर शो रुमको उद्घाटनले नेपालको मोबिलिटी र राइडिङ अनुभवलाई पुनर्परिभाषित गर्ने यामाहाको यात्रामा अर्को महत्वपूर्ण कदम सावित भएको छ।


