तरुण खबर
२८ मंसिर २०८२, आईतवार १०:५८
साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। गत शुक्रबार एकैदिन ३,५०० रुपैयाँले बढेको सुन आज तोलामा थप २,२०० रुपैयाँले वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २,५८,८०० रुपैयाँ निर्धारण भएको छ। अघिल्लो दिन छापावाल सुन प्रतितोला २,५६,६०० रुपैयाँमा कारोबार भएको थियो।
यता चाँदीको मूल्य भने घटेको छ। गत शुक्रबार प्रतितोला ३,९०५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३,८२५ रुपैयाँमा कायम भएको छ।


