तरुण खबर
२८ मंसिर २०८२, आईतवार ११:०३
आर्थिक र ऊर्जा क्षेत्रका समाचार लेखनमा सक्रिय सञ्चारकर्मीहरूका लागि काठमाडौमा दुईदिने क्षमता अभिवृद्धि तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रम र दिगो ऊर्जा मार्फत पुनःप्राप्ति एवं सशक्तीकरण कार्यक्रम अन्तर्गत आयोजना गरिएको थियो। कार्यक्रममा ऊर्जा विकास, पुँजीबजार, जलवायु परिवर्तन, बैंकिङ्ग क्षेत्रको लगानी, नीति तथा कानूनी अवस्थासहित ऊर्जा सम्बन्धी विविध विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो।
कार्यक्रममा डा. रामप्रसाद धिताल, ऊर्जा मन्त्रालयका पूर्वसचिव दिनेशकुमार घिमिरे, कुशल गुरुङ, दिनेश दुलाल, मुरारी पराजुली, नारायणप्रसाद चौलागाई, नवराज ढकाल, सेमन्त दाहाल, शेरसिंह भाट र सूर्यप्रसाद अधिकारी लगायतका विशेषज्ञहरूले आआफ्नो क्षेत्रमा अनुभव र जानकारी साझा गरे।
सञ्चारकर्मीहरूलाई जलस्रोत, जलविद्युत्, स्वच्छ ऊर्जा, कार्बन व्यापार, लगानी वातावरण र कानूनी पाटाहरूबारे विशेष अभिमुखिकरण प्रदान गरिएको थियो।
उद्घाटनकर्ताहरूले ऊर्जा क्षेत्रको विषयमा सञ्चारकर्मीहरूलाई सुसूचित, सक्षम र व्यावसायिक समाचार लेखनमा योगदान पुर्याउन यस्तो प्रशिक्षण आवश्यक रहेको बताए।


