दोर्दी खोला जलविद्युतको साधारण सभा पुस २१ मा

दोर्दी खोला जलविद्युतको साधारण सभा पुस २१ मा तरुण खबर २९ मंसिर २०८२, सोमबार ११:३४
दोर्दी खोला जलविद्युतको साधारण सभा पुस २१ मा

दोर्दी खोला जलविद्युत कम्पनीले आफ्नो साधारण सभा पुस २१ गते सोमबार बिहान ८ बजे बोलाउने निर्णय गरेको छ। यो निर्णय कम्पनीको मंसिर २८ गते आइतबार बसेको संचालक समितिको बैठकले गरेको हो।

सभामा संचालक समितिको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरिने छ। यससँगै लेखा परीक्षकको प्रतिवेदन, सोही अवधिको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पनि छलफल गरी पारित गरिने छ।

साधारण सभाले आर्थिक वर्ष २०८१/८२ का लागि लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक अनुमोदन गर्ने, हकप्रद शेयर निष्कासन गर्ने, कम्पनीको अधिकृत पूँजी र जारी पूँजी सहित प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पारित गर्ने तयारी गरिएको छ।

त्यसैगरी, सभाले नियमक निकायका निर्देशन अनुसार प्रबन्धपत्र र नियमावलीका प्रस्तावित संशोधनमा आवश्यक परिमार्जन तथा थप–घट गर्न संचालक समितिलाई अख्तियारी दिने लगायतका विविध प्रस्तावहरू पनि पारित गर्ने अपेक्षा गरिएको छ।