स्वावलम्बन लघुवित्तले शेयरधनीलाई १०% लाभांश प्रस्ताव

स्वावलम्बन लघुवित्तले शेयरधनीलाई १०% लाभांश प्रस्ताव तरुण खबर १ पुष २०८२, मंगलवार १२:०३
स्वावलम्बन लघुवित्तले शेयरधनीलाई १०% लाभांश प्रस्ताव

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८१–०८२ को वितरणयोग्य नाफाबाट शेयरधनीलाई १० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। कम्पनीले लाभांश वितरणसहित आफ्नो वार्षिक साधारण सभा (एजीएम) समेत बोलाएको छ।

कम्पनीको वार्षिक साधारण सभा पुस २५ गते बिहान ११ बजेदेखि लिससारा रिसेप्सन्स, नक्साल, काठमाडौंमा सञ्चालन हुने भएको छ।

सभामा कम्पनीले चुक्ता पुँजीको ४.३६३५ प्रतिशत नगद लाभांश र ५.६३६५ प्रतिशत बोनस शेयर वितरण प्रस्ताव गर्नेछ। हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ६५ करोड ६६ लाख २५ हजार रुपैयाँ रहेको छ। लाभांश वितरणपछि चुक्ता पुँजीमा थप वृद्धि हुनेछ।

सभाको एजेन्डामा सञ्चालक समितिको अध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन र आषाढ मसान्त २०८२ सम्मको वासलात र नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण, नाफा बाँडफाँड विवरण आदि छलफल गरी पारित गर्ने समेत समावेश रहेको छ।