सुदृढतामा जोड्दै सूर्योदय वोमी

सुदृढतामा जोड्दै सूर्योदय वोमी तरुण खबर ४ पुष २०८२, शुक्रबार ११:४२
सुदृढतामा जोड्दै सूर्योदय वोमी

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष शेयरधनीहरूलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ। संस्थाको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश नबाँड्ने निर्णय गरेको हो।

सञ्चालक समितिको बैठकले सोही निर्णयअनुसार तयार पारिएको वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि पठाउने निर्णयसमेत गरेको छ। संस्थाले आन्तरिक सुदृढता, वित्तीय स्थायित्व र भविष्यको विस्तारलाई ध्यानमा राख्दै यस वर्ष लाभांश वितरण नगर्ने नीति लिएको जनाएको छ।