एनएमबी लघुवित्तमा नेतृत्वको निरन्तरता

एनएमबी लघुवित्तमा नेतृत्वको निरन्तरता तरुण खबर ४ पुष २०८२, शुक्रबार ११:४९
एनएमबी लघुवित्तमा नेतृत्वको निरन्तरता

एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ)को रूपमा सजल खड्का पुनः नियुक्त भएका छन्।

कम्पनीले बिहीबार साँझ ४ बजे बसेको १८०औँ सञ्चालक समितिको बैठकमा खड्कालाई संस्थाको डिसिइओमा दोहोर्याएर नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव सूर्य बहादुर थापाले जानकारी दिएका छन्।

उनको नियुक्ति आगामी पुस ७ गतेदेखि लागू हुने गरी तय गरिएको छ।