तरुण खबर
६ पुष २०८२, आईतवार ११:३६
मिथिला लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। संस्थाको सञ्चालक समितिको बैठकले कुल १५ प्रतिशत लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो।
घोषित लाभांशअनुसार कम्पनीले हाल कायम चुक्तापुँजीको आधारमा शेयरधनीहरूलाई बोनस शेयर तथा नगद लाभांश वितरण गर्नेछ। कुल लाभांशमध्ये १४.२५ प्रतिशतका दरले ३ करोड १९ लाख १० हजार ४७३ रुपैयाँ ६२ पैसाबराबरको बोनस शेयर प्रदान गरिनेछ भने कर प्रयोजनार्थ ०.७५ प्रतिशतका दरले १६ लाख ७९ हजार ४९८ रुपैयाँ ६१ पैसाबराबरको नगद लाभांश वितरण गरिनेछ।
कम्पनीका अनुसार प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरूलाई वितरण गरिनेछ।
लाभांश घोषणासँगै मिथिला लघुवित्तले आफ्ना शेयरधनीलाई स्थिर प्रतिफल उपलब्ध गराउँदै वित्तीय सुदृढता कायम राख्ने रणनीति अघि बढाएको संकेत दिएको छ।


