स्वरोजगार लघुवित्तको १५ प्रतिशत प्रतिफल घोषणा

स्वरोजगार लघुवित्तको १५ प्रतिशत प्रतिफल घोषणा तरुण खबर ६ पुष २०८२, आईतवार ११:३९
स्वरोजगार लघुवित्तको १५ प्रतिशत प्रतिफल घोषणा

स्वरोजगार लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयरधनीहरूका लागि गत आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट लाभांश घोषणा गरेको छ। संस्थाको सञ्चालक समितिको बैठकले कुल १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

घोषित लाभांशअनुसार कम्पनीले हाल कायम चुक्तापुँजी ७८ करोड ३९ लाख २४ हजार ४०३ रुपैयाँको आधारमा शेयरधनीहरूलाई बोनस शेयर र नगद लाभांश प्रदान गर्नेछ। कुल लाभांशमध्ये १४.२५ प्रतिशतका दरले ११ करोड १७ लाख ९ हजार २२८ रुपैयाँ बराबरको बोनस शेयर वितरण गरिनेछ भने कर प्रयोजनका लागि ०.७५ प्रतिशतका दरले ५८ लाख ७९ हजार ४३३ रुपैयाँ ०२ पैसाबराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरिएको छ।

कम्पनीका अनुसार प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरूलाई वितरण गरिनेछ।

लाभांश घोषणासँगै स्वरोजगार लघुवित्तले वित्तीय स्थायित्व कायम राख्दै शेयरधनीलाई निरन्तर प्रतिफल दिने प्रतिबद्धता दोहोर्‍याएको छ।