सालपा विकास बैंकको दोस्रो चरणको आइपीओ बिक्री सुरु

सालपा विकास बैंकको दोस्रो चरणको आइपीओ बिक्री सुरु तरुण खबर ६ पुष २०८२, आईतवार ११:५६
सालपा विकास बैंकको दोस्रो चरणको आइपीओ बिक्री सुरु

सालपा विकास बैंकले सर्वसाधारणका लागि दोस्रो चरणको साधारण शेयर (आइपीओ) पुस १६ गतेदेखि बिक्री सुरु गर्ने भएको छ। यस चरणमा बैंकले १०० रुपैयाँ अंकित दरका कुल १४ लाख ३९ हजार १७९ कित्ता शेयर निष्कासन गर्ने जनाएको छ।

बैंकले यसमा ५ प्रतिशत अर्थात् ८६ हजार १९४ कित्ता शेयर सामूहिक लगानी कोषका लागि र ०.५ प्रतिशत अर्थात् २६ हजार ११९ कित्ता शेयर कर्मचारीका लागि सुरक्षित गरेको छ। यसअघि नेपाल सरकारबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि निष्कासन गरिएको आइपीओ शुक्रबार बाँडफाँट भइसकेको छ।

सालपाको आइपीओमा ६७ हजार ६५५ जनाको आवेदन परेकोमा ६७ हजार ६३७ जनाको आवेदन मात्र स्वीकृत गरिएको थियो। बाँकी आवेदन रीतपूर्वक नपरेको भन्दै रद्द गरिएको बैंकले जनाएको छ।

बाँडफाँडको क्रममा गोलाप्रथाबाट १७ हजार २३८ जनाले १० कित्ताका दरले शेयर पाएका छन्। यीमध्ये ८ जनाले थप १/१ कित्ता गरी ११ कित्ता शेयर प्राप्त गरेका छन्।

सालपा विकास बैंकको आइपीओ बिक्रीको व्यवस्थापन मुक्तिनाथ विकास क्यापिटलले गरेको छ। यस चरणको आइपीओले बैंकको पूँजी वृद्धि र लगानीकर्तालाई शेयरमा भाग लिन अवसर प्रदान गर्ने बैंकले जनाएको छ।