नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आफ्नो ४४औँ वार्षिक साधारण सभा (एजीएम) बस्ने मिति तय गरेको छ। नेप्सेले पुस २९ गते मंगलबार काठमाडौंस्थित युएनआई शान्ति मार्गमा रहेको आफ्नै कार्यालयमा बिहान ११ बजेदेखि वार्षिक साधारण सभा आयोजना गर्ने जनाएको छ।
सभामा नेप्सेले शेयरधनीलाई चुक्ता पुँजीको ८५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव प्रस्तुत गर्नेछ। उक्त निर्णय गत शुक्रबार बसेको कम्पनीको ११४७औँ सञ्चालक समितिको बैठकले गरेको हो।
हाल नेप्सेको चुक्ता पुँजी १ अर्ब रुपैयाँ रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले ८५ करोड रुपैयाँ बराबरको नगद लाभांश शेयरधनीलाई वितरण गर्ने तयारी गरेको छ।
उच्च नगद लाभांश प्रस्तावसँगै नेप्सेको वार्षिक साधारण सभाप्रति शेयरधनीहरूको चासो बढ्ने अपेक्षा गरिएको छ।




