निर्वाचन तयारीमा साझा संवाद

निर्वाचन तयारीमा साझा संवाद तरुण खबर ७ पुष २०८२, सोमबार १२:०३
निर्वाचन तयारीमा साझा संवाद

निर्वाचन आयोगले आगामी निर्वाचनको तयारीलाई थप प्रभावकारी बनाउने उद्देश्यले आज सर्वपक्षीय छलफल गर्ने भएको छ। आयोगले प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा सुरक्षा निकायका प्रमुखहरूसँग एकै ठाउँमा छलफल गर्न लागेको हो।

आयोगका अनुसार सोमबार दिउँसो १ बजे सिंहदरबारमा आयोजना हुने छलफलमा प्रधानमन्त्री सुशीला कार्कीसहित प्रमुख राजनीतिक दलका प्रतिनिधि, निर्वाचन आयुक्तहरू र सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहनेछ।

आगामी निर्वाचनको तयारीमा सक्रिय रूपमा काम गरिरहेको आयोगले यस छलफलमार्फत दलहरूको धारणा बुझ्ने, सुझाव संकलन गर्ने तथा निर्वाचनलाई निष्पक्ष, सुरक्षित र विश्वसनीय बनाउने विषयमा सहकार्यको आधार तयार गर्ने उद्देश्य राखेको छ।

निर्वाचन प्रक्रियालाई सुदृढ बनाउने दिशामा गरिएको यो पहललाई सकारात्मक कदमका रूपमा हेरिएको छ।