तरुण खबर
७ पुष २०८२, सोमबार १२:०६
नागरिक लगानी कोषले आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। पुस ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको कुल १३ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।
घोषित लाभांशअनुसार शेयरधनीले ५ प्रतिशत बोनस शेयर प्राप्त गर्नेछन् भने बोनस शेयरको कर प्रयोजनार्थसहित ८ प्रतिशत नगद लाभांश वितरण गरिनेछ।
कम्पनीका अनुसार प्रस्तावित लाभांश अर्थ मन्त्रालयको स्वीकृतिपछि आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गरी शेयरधनीहरूलाई वितरण गरिनेछ।
लाभांश घोषणासँगै नागरिक लगानी कोषका शेयरधनीहरूमा सकारात्मक सन्देश गएको छ।


