नबिल बैंकको साधारण सभासँगै लाभांश घोषणा

नबिल बैंकको साधारण सभासँगै लाभांश घोषणा तरुण खबर ७ पुष २०८२, सोमबार १२:१०
नबिल बैंकको साधारण सभासँगै लाभांश घोषणा

नबिल बैंक लिमिटेडले पुस २८ गते आफ्नो ४१ औँ वार्षिक साधारण सभा (एजीएम) बोलाएको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्तावित लाभांश पारित गर्न सभाको आयोजना गर्ने भएको हो।

सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बिहान ११:१५ बजे सुरु हुनेछ। यस सभाले हाल कायम चुक्ता पूँजीको १२.५० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

साधारण सभामा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न, अन्य बैंक वा वित्तीय संस्थासँग मर्जर/एक्विजिशन गर्ने सम्बन्धमा सञ्चालक समितिलाई अख्तियारी दिन, संस्थापक शेयरधनीहरूको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि पारित गरिनेछ।

लाभांश वितरण र सभाको प्रयोजनार्थ बैंकले पुस १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यस अनुसार पुस १४ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरू मात्र सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

सभाको आयोजना र आकर्षक लाभांश प्रस्तावले बैंकका शेयरधनीहरूमा उत्साह बढाएको छ।