अरनिको हाइवेः साँगा–धुलिखेल सडक विस्तारमा तीव्र गति

अरनिको हाइवेः साँगा–धुलिखेल सडक विस्तारमा तीव्र गति तरुण खबर ७ पुष २०८२, सोमबार १२:२६
अरनिको हाइवेः साँगा–धुलिखेल सडक विस्तारमा तीव्र गति

अरनिको हाइवे अन्तर्गत साँगा–धुलिखेल सडक खण्डमा सडक विस्तार अभियान तीव्र गतिमा अघि बढाइएको छ।

गत हप्ता यस परियोजनालाई सम्पन्न गर्न थप एक वर्ष समय दिइएको छ। भक्तपुरको साँगा देखि काभ्रेको धुलिखेलसम्म आठ किलोमिटर सडक निर्माणको ठेक्का ४.५ अर्ब रुपैयाँमा लामा कन्स्ट्रक्सन प्रा. लि. ले जितेको थियो। ठेक्का सम्झौताअनुसार यो परियोजना डिसेम्बर २०२५ को दोस्रो हप्ताभित्र सम्पन्न गर्ने प्रतिबद्धता थियो।

तर, सुर्यविनायक–धुलिखेल सडक परियोजनाका निर्माण व्यवस्थापक रविन्द्र श्रेष्ठका अनुसार दिइएको समयभित्र कुल निर्माणको केवल ६० प्रतिशत मात्र सम्पन्न भएको छ।

हाल परियोजनाले धुलिखेल र पुलबजार–जनगल क्षेत्रमा सडकको ब्ल्याकटपलाई प्राथमिकता दिएको छ। बास्घारी–बुडोल खण्डमा लेन काट्ने र ग्राभेल गर्ने काममा प्रगति भएको छ भने बनेपा चाँदनी चौकमा काल्भर्ट जडानको तयारी भइरहेको परियोजना अधिकारीहरूले बताएका छन्।