तरुण खबर
१२ पुष २०८२, शनिबार ०९:२३
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतमले सरकारबाट बाहिरिनुभन्दा अगाडि लामो समयसम्म कायम हुने नीतिगत निर्णय गरेर जाने बताएकी छन् ।
शुक्रबार सिंहदरवार वैद्यखाना अवलोकन गर्दै उनले आफ्नो अवधि छोटो भएपनि, जानुभन्दा अगाडि लामो समयसम्म कायम हुने नीतिगत निर्णय गरेर, कार्यान्वयनको जिम्मा लगाएर जाने बताइन् ।
उनले भनिन्, ‘मेरो अवधि छोटो भएपनि, म जानुभन्दा अगाडि लामो समयसम्म कायम हुने नीतिगत निर्णय गरेर, कार्यान्वयनको जिम्मा लगाएर जान्छु । त्यसकारण मन्त्री मात्र आएर हेरेर केही हँदैन ।’
यस्तै, उनले वैद्यखानालाई कसरी सुधार गर्ने र कसरी यहाँको नेतृत्व र टिमलाई स्थायित्व दिने, प्रोत्साहन गर्ने भन्ने विषयलाई प्राथमिकतामा राख्नुपर्ने र राखेको पनि बताइन् ।आफ्नै देशको जडीबुटी उत्पादन र प्रशोधन गर्न सक्यौभने वैदेशिक रोजगारीमा जाने जनशक्ति पनि कम हुँदै जाने उनको भनाई छ ।


