नेपाल राष्ट्र बैंकले गर्यो चाँदीको आयातको भुक्तानीको सीमामा संशोधन

नेपाल राष्ट्र बैंकले गर्यो चाँदीको आयातको भुक्तानीको सीमामा संशोधन तरुण खबर १४ पुष २०८२, सोमबार ०६:१४
नेपाल राष्ट्र बैंकले गर्यो चाँदीको आयातको भुक्तानीको सीमामा संशोधन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चाँदीको आयातको भुक्तानीको सीमामा संशोधन गरेको छ ।

राष्ट्र बैंकले विद्यमान प्रावधानलाई संशोधन गर्दै महिनामा एकपटक मात्र आयात गर्ने उद्योग र व्यवसायीको हकमा उपर्युक्त सीमा क्रमशस् अमेरिकी डलर बीस लाख (उद्योगको लागि) र अमेरिकी डलर चार लाख (अन्य व्यवसायीको लागि) को सीमासम्म हुनेगरी सटही सुविधा प्रदान गर्न सकिने व्यवस्था गरेको छ ।

यसअघि औद्योगिक कच्चा पदार्थको रुपमा आफ्नै प्रयोजनको लागि चादी आयात गर्दा प्रति पटक अमेरिकी डलर पाँच लाख वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्न सकिने व्यवस्था रहेको थियो । त्यस्तै अन्य सुनचाँदी व्यवसायीले चाँदी आयात गर्दा प्रति पटक अमेरिकी डलर एक लाख वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्न सकिने व्यवस्था रहेको थियो ।

साथै राष्ट्र बैंकले चाँदीको गरगहना र कलात्मक वस्तु आदि निकासी गर्ने चाँदी व्यवसायीलाई निकासी आदेश पुष्टि हुने अग्रिम भुक्तानी वा प्रतीतपत्र वा विदेशबाट खरिद आदेश भएमा चाँदी आयातमा भुक्तानीको सीमा लागू नहुने यस अघिकै प्रावधानलाई कायमै राखेको छ ।