आजदेखि एमिकस क्युरीको बहस

आजदेखि एमिकस क्युरीको बहस तरुण खबर ४ फाल्गुन २०७७, मंगलवार १३:१३
आजदेखि एमिकस क्युरीको बहस

काठमाडौं । संबैधानिक अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा निवेदकतर्फबाट सुनुवाई भैरहेको मुद्दामा जवाफी बहस सकिएको छ । आइतबार र सोमबार निवेदकको तर्फबाट डेढ दर्जन वकिलले जवाफी बहसमा भाग लिएका थिए ।  आज मंगलबारदेखि एमिकस क्युरीको बहस हुनेछ । एमिकस क्युरीमा नेपाल बार एसोसिएसनका तर्फबाट बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल र विजयकान्त मैनाली तथा सर्वोच्च बार एसोसिएसनका तर्फबाट अध्यक्ष पूर्णमान शाक्य र गीता पाठक संग्रौला रहेका छन् । एमिकस क्युरीको रायपछि सर्वोच्चले फैसला दिनेछ ।

त्यस्तै, चार जना पूर्व प्रधानन्यायधिशहरुले आपूm विरुद्ध परेको अपहेलनाको रिटमाथि आफैं उपस्थित भएर जवाफ दिएका छन् । र, उनीहरुले रिट खारेज गर्न आग्रह गरेका छन् । पूर्वप्रधानन्यायाधीशले आफूहरूले संविधानले दिएको विचार र अभिव्यक्ति स्वतन्त्रताको मौलिक हकको प्रयोग गरेको जवाफ सर्वोच्च अदालतलाई दिएका छन् । अवहेलना निवेदन खारेज गर्न उनीहरूले माग गरेका छन् । पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ र सुशीला कार्कीले एउटै र अनुपराज शर्माले छुट्टै लिखित जवाफ पेस गर्दै आफूहरूले अदालतको अवहेलना हुने काम नगरेको दाबी गरेका छन् ।