लक्ष्मी सनराइज बैंकको साधारणसभा सम्पन्न

लक्ष्मी सनराइज बैंकको साधारणसभा सम्पन्न तरुण खबर १५ पुष २०८२, मंगलवार ००:५५
लक्ष्मी सनराइज बैंकको साधारणसभा सम्पन्न

लक्ष्मी सनराइज बैंकको साधारणसभा सम्पन्न भएको छ। बैंकले पुस १४ गते साधारणसभा गरेको हो।

सभाले लाभांश सहितका विविध प्रस्ताव पारित गरेको छ। बैंकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५३ प्रतिशत नगद लाभांश गरि कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो। सो लाभांश साधारणसभाले पारित गरेको हो ।

साधारणसभाले पारित गरेसंगै उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ। सभाले सभामा पेश अन्य सबै प्रस्तावहरु पनि पारित गरेको छ।