हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा साधारणसभा आह्वान

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा साधारणसभा आह्वान तरुण खबर १५ पुष २०८२, मंगलवार ०१:०५
हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा साधारणसभा आह्वान

काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ । कम्पनीले माघ ६ गते साधारणसभा बोलाएको हो ।

कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पुंजीको ८ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको साधारणसभाले पारित गरेपछि यो लाभांश लगानीकर्तामा वितरण हुनेछ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।