सबै सहकारी संघ-संस्थाहरूलाई goAML प्रणालीमा आबद्ध हुन विभागको निर्देशन

सबै सहकारी संघ-संस्थाहरूलाई goAML प्रणालीमा आबद्ध हुन विभागको निर्देशन तरुण खबर १६ पुष २०८२, बुधबार ०८:४०
सबै सहकारी संघ-संस्थाहरूलाई goAML प्रणालीमा आबद्ध हुन विभागको निर्देशन

काठमाडौं । सहकारी विभागले सम्पत्ति शुद्धीकरण निवारण ऐन बमोजिम वित्तीय जानकारी इकाईमा रिपोर्टिङ गर्न सबै सहकारी संघ-संस्थाहरूलाई goAML प्रणालीमा आबद्ध हुन निर्देशन दिएको छ।

विभागका अनुसार हालसम्म करिब २२०० सहकारी मात्र यस प्रणालीमा आबद्ध भएकाले बाँकी संस्थाहरूलाई यथाशीघ्र दर्ता हुन सूचित गरिएको छ। अब सहकारीहरूले सीमा कारोबार (TTR) र शंकास्पद कारोबार (STR/SAR) को प्रतिवेदन अनिवार्य रूपमा goAML प्रणाली मार्फत मात्र पेश गर्नुपर्नेछ। यसका लागि संस्थाहरूले आफ्नो कोर सिस्टम वा विद्युतीय माध्यममा सदस्यहरूको विवरण अद्यावधिक राख्नुपर्ने रजिष्ट्रार उमेश ढुङ्गानाले जानकारी दिएका छन्।