सिन्धु विकास बैंकमा नेतृत्व परिवर्तन

सिन्धु विकास बैंकमा नेतृत्व परिवर्तन तरुण खबर १६ पुष २०८२, बुधबार ११:३९
सिन्धु विकास बैंकमा नेतृत्व परिवर्तन

सिन्धु विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (CEO) सुरेश देवकोटाले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका छन्। कम्पनी सचिव पुष्कर जिसीका अनुसार देवकोटाले पुस ९ गते राजीनामा पेश गरेका हुन्।

बैंकको ४७०औँ सञ्चालक समितिको बैठकले उनकाे राजीनामा माघ १ गतेदेखि लागु हुने गरी स्वीकृति दिएको छ। यस निर्णयसँगै बैंकमा नेतृत्व परिवर्तन हुँदैछ र आगामी दिनमा नयाँ CEO नियुक्ति प्रक्रियामा लाग्ने अपेक्षा गरिएको छ।