विद्युत प्राधिकरणमा ठूलो रोजगारी अवसर

विद्युत प्राधिकरणमा ठूलो रोजगारी अवसर तरुण खबर १८ पुष २०८२, शुक्रबार ११:२५
विद्युत प्राधिकरणमा ठूलो रोजगारी अवसर

नेपाल विद्युत प्राधिकरणले ठुलो संख्यामा कर्मचारी माग गरेको छ। प्राधिकरणले विभिन्न पदहरूमा कुल २६५ जना कर्मचारी भर्ना गर्ने तयारी गरेको जनाएको छ। भर्ना हुने पदमा अधिकृतस्तर, सहायकस्तर, लेखापाल र सुपरभाइजर समावेश छन्। इच्छुक र योग्य उम्मेदवारहरूले यस अवसरको फाइदा उठाउन सक्नेछन्।

आवेदनका लागि माघ ८ गते अन्तिम म्याद तोकिएको छ। दोब्बर दस्तूर तिरेर आवेदन गर्न चाहनेले माघ १५ गतेसम्म आवेदन दिन सक्ने प्राधिकरणले जनाएको छ। विद्युत प्राधिकरणले कर्मचारी माग गरेको यो निर्णयले रोजगारको अवसर बढाउने र योग्य युवाहरूलाई सरकारी सेवा प्रवेशको अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।