तरुण खबर
२० पुष २०८२, आईतवार ११:३१
नेपाल एसबिआई बैंक लिमिटेडको ३२औँ वार्षिक साधारण सभाले शेयरधनीलाई प्रदान गर्ने ९ प्रतिशत लाभांश पारित गरेको छ। शुक्रबार सम्पन्न सभाले बैंकको वितरणयोग्य नाफाबाट प्रस्ताव गरिएको बोनस र नगद दुवै लाभांश स्वीकृत गरेको हो।
बैंकले शेयरधनीलाई ४ प्रतिशत बोनस शेयर र कर समेत ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गरेको थियो। उक्त प्रस्तावलाई सभाले सर्वसम्मत रूपमा पारित गरेको कम्पनी सचिव खगेश्वर भट्टले जानकारी दिए।
लाभांश पारितसँगै सभाले बैंकको दीर्घकालीन रणनीतिअन्तर्गत मर्जरसम्बन्धी प्रस्तावलाई पनि अनुमोदन गरेको छ। यस निर्णयले बैंकको पूँजी संरचना मजबुत बनाउँदै प्रतिस्पर्धात्मक क्षमता विस्तार गर्ने अपेक्षा गरिएको छ।
वार्षिक साधारण सभाबाट लाभांश र मर्जर दुवै प्रस्ताव पारित भएपछि नेपाल एसबिआई बैंकले आगामी दिनमा स्थायित्व, विस्तार र शेयरधनीको हितलाई प्राथमिकतामा राखेर अघि बढ्ने संकेत दिएको छ।


