एनआईसी एशियाको पुँजी विस्तार तयारी

एनआईसी एशियाको पुँजी विस्तार तयारी तरुण खबर २० पुष २०८२, आईतवार ११:३८
एनआईसी एशियाको पुँजी विस्तार तयारी

एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने तयारी अघि बढाएको छ। बैंकले हकप्रद शेयर निष्काशनका लागि नेपाल राष्ट्र बैंकसँग पूर्व–सहमति लिन औपचारिक अनुरोध गरेको छ।

बैंकको आज बसेको ७४६ औँ सञ्चालक समिति बैठकले हकप्रद शेयर निष्काशनसम्बन्धी प्रस्तावमा निर्णय गर्दै राष्ट्र बैंकसँग स्वीकृति माग्ने निर्णय गरेको हो। उक्त जानकारी कम्पनी सचिव कमल खड्काले दिएका छन्।

उनका अनुसार बैंकले २:१ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने योजना बनाएको छ। यसअनुसार हालको चुक्ता पुँजी १४ अर्ब ९१ करोड ५७ लाख रुपैयाँका आधारमा बैंकले करिब ७ अर्ब ४५ करोड ८७ लाख रुपैयाँ बराबरको हकप्रद शेयर जारी गर्नेछ।

हकप्रद शेयरमार्फत पुँजी विस्तार भएपछि बैंकको वित्तीय क्षमता थप सबल हुने र व्यवसाय विस्तार तथा नियामक आवश्यकताहरू सहज रूपमा पूरा गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।