नेपाल लाइफ समृद्धि लगानी योजना आईपीओ आउँदै

नेपाल लाइफ समृद्धि लगानी योजना आईपीओ आउँदै तरुण खबर २३ पुष २०८२, बुधबार ११:३७
नेपाल लाइफ समृद्धि लगानी योजना आईपीओ आउँदै

आगामी माघ ४ गतेदेखि सामूहिक लगानी कोष नेपाल लाइफ समृद्धि लगानी योजनाको इकाई सार्वजनिक निष्काशनमा आउने भएको छ। नेपाल लाइफ क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १६ करोड इकाई, अर्थात् १ अर्ब ६० करोड रुपैयाँ बराबरको इकाई बिक्रीमा ल्याउने जानकारी दिएको छ।

निष्काशन गरिने कुल १६ करोड इकाईमध्ये न्यूनतम १५ प्रतिशत इकाई वा २ करोड ४० लाख इकाईमध्ये १४ प्रतिशत अर्थात् २ करोड २४ लाख इकाई कोष प्रवर्धक कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई सुरक्षित गरिनेछ भने १ प्रतिशत अर्थात् १६ लाख इकाई योजना व्यवस्थापकलाई सुरक्षित राखी बाँकी १३ करोड ६० लाख इकाई सर्वसाधारणलाई बिक्री गर्न लागिएको छ।

नेपाल लाइफ म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यो योजना १० वर्षे बन्दमुखी प्रकृतिको रहेको छ। यस योजनामा न्यूनतम १०० देखि अधिकतम १ करोड ६० लाख इकाईसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

योजनाको इकाईमा आवेदन दिने म्याद माघ ८ गतेसम्म तोकिएको छ। यदि उक्त समयमा सबै इकाई बिक्री नभएमा आवेदन माघ १८ गतेसम्म खुला रहने नेपाल लाइफ क्यापिटलले जनाएको छ।