तरुण खबर
२४ पुष २०८२, बिहीबार ११:१७
सिंगटी हाईड्रो इनर्जी लिमिटेड र मुक्तिनाथ क्यापिटल लिमिटेडबीच हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्ध सम्बन्धी सम्झौता सम्पन्न भएको छ। सम्झौता पत्रमा सिंगटी हाईड्रोका प्रबन्ध संचालक सुदिप खड्का र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन्।
कम्पनीको सोह्रौं वार्षिक साधारण सभाबाट चुक्ता पूँजीको १:१ अनुपातमा रू.१०० अंकित दरका ३ करोड ४ लाख ५० हजार कित्ता हकप्रद साधारण शेयर निष्काशन गर्ने निर्णय पारित भएको थियो।
सिंगटी हाईड्रोका प्रबन्ध संचालकका अनुसार, यस निष्काशनबाट प्राप्त रकम अन्य हाइड्रोपावर कम्पनीहरूमार्फत प्रवर्धन गरिएको नारखोला जलविद्युत आयोजना (६१.११ मेगावाट) र लान्द्रुक मोदी जलविद्युत आयोजना (८६.५९ मेगावाट) मा लगानी गर्न प्रयोग गरिनेछ।


