चुमनुब्री गाउँपालिकाबाट गण्डकीमा पहिलोपटक स्थायी लेखा नम्बर सेवा सुरु

चुमनुब्री गाउँपालिकाबाट गण्डकीमा पहिलोपटक स्थायी लेखा नम्बर सेवा सुरु तरुण खबर २४ पुष २०८२, बिहीबार ११:२१
चुमनुब्री गाउँपालिकाबाट गण्डकीमा पहिलोपटक स्थायी लेखा नम्बर सेवा सुरु

हिमालपारिको चुमनुब्री गाउँपालिकाले गण्डकी प्रदेशमा पहिलोपटक स्थायी लेखा नम्बर (प्यान) दिने सेवा सुरु गरेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले यस सेवा प्रदेशकै ८५ स्थानीय तहमध्ये पहिलोपटक शुरु भएको जानकारी दिएका छन्।

सरकारले गोरखा लगायत ३८ जिल्लाका कर सेवा कार्यालय खारेज गरेसँगै, ती कार्यालयमार्फत प्रवाह हुने कतिपय सेवासुविधा अब कोष तथा लेखा नियन्त्रण कार्यालय वा स्थानीय तहबाटै उपलब्ध गराउने व्यवस्था मिलाएको छ।

यसै निर्णयअनुसार, चुमनुब्री गाउँपालिकाले स्थानीय तहबाटै करसम्बन्धी सेवा प्रदान गर्न सुरु गरेको हो। बुधबार गाउँपालिका र आन्तरिक राजस्व कार्यालय, दमौली बीच सम्झौता सम्पन्न गरी सेवा शुभारम्भ गरिएको जानकारी प्रमुख प्रशासकीय अधिकृत लामिछानेले दिएका छन्।