हिमालयन लाइफले लाभांश नदिने निर्णय, वित्तीय विवरण प्राधिकरणमा पेश गर्ने

हिमालयन लाइफले लाभांश नदिने निर्णय, वित्तीय विवरण प्राधिकरणमा पेश गर्ने तरुण खबर २८ पुष २०८२, सोमबार ११:४९
हिमालयन लाइफले लाभांश नदिने निर्णय, वित्तीय विवरण प्राधिकरणमा पेश गर्ने

हिमालयन लाइफ इन्स्योरेन्सले यस वर्ष आफ्ना सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ। कम्पनीको पुस २५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश नदिने निर्णय गरेको हो।

उक्त बैठकले वित्तीय विवरण स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा पेश गर्ने निर्णय पनि गरेको बताइएको छ। कम्पनीका अनुसार यस कदमको उद्देश्य वित्तीय स्थायित्व र दीर्घकालीन विकास सुनिश्चित गर्नु रहेको छ।

यस वर्ष लाभांश नदिने निर्णयले सेयरधनीबीच तत्कालिक रूपमा असर पर्न सक्ने भए पनि कम्पनीले आफ्नो पूँजी संरचना बलियो बनाउँदै आगामी वर्षका लागि रणनीतिक रूपमा तयार रहन योजना बनाएको जनाएको छ।