तिमी छौ रमा रोमान्टिक मुडमा देखिए पूर्ण र नन्दिता

तिमी छौ रमा रोमान्टिक मुडमा देखिए पूर्ण र नन्दिता तरुण खबर १३ श्रावण २०७८, बुधबार ०९:१८
तिमी छौ रमा रोमान्टिक मुडमा देखिए पूर्ण र नन्दिता

काठमाडौं । म्युजिक भिडियोमा डेब्यु गरेका अमेरिकाको पेन्सिलभिनिया राज्यको पिटर्सबर्ग निवासी पूर्ण लम्साल अभिनित तिमी छौ र बोलको को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

प्रेमिल शैलीको म्युजिक भिडियोमा गायक हिमाल सागरको स्वर, शब्द र संगीत रहेको छ । गीतलाई बाबु प्रधानले संगीत संयोजन गरेका हुन् । अमेरिकाको विभिन्न स्थानमा छायांकन गरिएको भिडियोमा शैलेश घलेले छायांकन गरेका थिए । भिडियो निकै स्तरिय बनेको दर्शकहरुले बताएका छन् । भरत रेग्मीले सम्पादन गरेको भिडियोलाई बिक्की पुलामीको निर्देशनमा भिडियो तयार पारिएको हो ।

म्युजिक भिडियोमा मोडल लम्साललाई नायिका नन्दिता केसीले साथ दिएकी छिन् । भिडियोमा नायिका केसी निकै खुलेकी छिन् । पी एण्ड एच प्रोडक्शनको आधिकारिक च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । निर्माण टिमले भिडियोलाई हेरेर माया गरिदिन सबैलाई आग्रह गरेका छन् ।