इनफिनिक्सले नेपालमा आफ्नो नयाँ ट्याब्लेट एक्सप्याड २० प्रो आधिकारिक रूपमा सार्वजनिक गरेको छ। ठुलो स्क्रिन, स्मार्ट फिचर र प्रिमियम डिजाइनसहित तयार गरिएको यो ट्याब्लेट पढाइ, अफिसको काम र मनोरञ्जनका लागि उपयुक्त भएको कम्पनीले जनाएको छ।
एक्सप्याड २० प्रोमा १२ इन्चको २के डिस्प्ले र ९० हर्ट्ज रिफ्रेस रेट रहेको छ। टीयुभी राइनल एण्ड आई केयर सर्टिफिकेसनले लामो समय प्रयोग गर्दा पनि आँखामा थकाइ नआउने सुविधा दिएको छ। यसले विद्यार्थी, अफिस जानेहरू र परिवार सबैका लागि सजिलो र आरामदायी अनुभव दिने विश्वास व्यक्त गरिएको छ।
ट्याब्लेटमा हेलियो जी १०० अल्टिमेट प्रोसेसर जडान गरिएको छ, जसले मल्टि-टास्किङ, गेमिङ र दैनिक काममा उत्कृष्ट प्रदर्शन दिन्छ। वाईफाई नभए पनि इनबिल्ट ड्वल सपोर्टमार्फत इन्टरनेट चलाउन सकिन्छ।
साथै, इनफिनिक्स एआई सुविधा रहेको यस ट्याब्लेटले लेख्न सहयोग, अनुवाद, लामो सामग्री छोट्याउने र स्क्रिनमा देखिएको वस्तु चिन्ने जस्ता स्मार्ट कामहरू सहज बनाउँछ। मनोरञ्जनका लागि ४ स्पिकर सिम्फनी सिस्टम जडान गरिएको छ, जसले चलचित्र, गेम र संगीतमा वास्तविक ३६० डिग्री साउन्ड अनुभव दिन्छ।
६.५८ एमएम अल्ट्रा-स्लिम मेटल युनिबडी डिजाइनले प्रिमियम लुक र मजबुत हातमा अनुभव दिन्छ। साथै, मल्टि डिभाइस कनेक्टिभिटीको सुविधा दिइएको छ, जसले मोबाइल र ट्याब्लेटबीच फाइल सेयर, स्क्रिन कास्ट र कार्य सजिलो बनाउँछ।
नेपालमा एक्सप्याड २० प्रो दुई भेरियन्टमा उपलब्ध छ:
-
४ जीबी र्याम र १२८ जीबी स्टोरेज – मूल्य रु. २६,९९९
-
८ जीबी र्याम र २५६ जीबी स्टोरेज – मूल्य रु. ३१,९९९
यो ट्याब्लेट देशभरका अधिकृत इनफिनिक्स स्टोरहरूमा उपलब्ध हुने जनाइएको छ। कम्पनीका अनुसार एक्सप्याड २० प्रोले ठुलो स्क्रिन, स्मार्ट एआई फिचर, प्रिमियम डिजाइन र उचित मूल्य एउटै ट्याब्लेटमा ल्याएर शक्तिशाली तर बहुउपयोगी उपकरण खोज्ने प्रयोगकर्तालाई आकर्षित गर्नेछ।




