निर्माण सामग्री व्यवसायीमाथि नियमन उल्लंघनमा जरिवाना

निर्माण सामग्री व्यवसायीमाथि नियमन उल्लंघनमा जरिवाना तरुण खबर ३० पुष २०८२, बुधबार ११:३८
निर्माण सामग्री व्यवसायीमाथि नियमन उल्लंघनमा जरिवाना

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनको क्रममा दुई व्यवसायीमाथि जरिवाना लगाएको छ।

बजार निरीक्षणका क्रममा नियम उल्लंघन गरेको पाइएपछि बीएस धवलागिरि ट्रेडर्सलाई १०,००० रुपैयाँ र सिन्धु मटेरियल प्रा. लि. लाई १५,००० रुपैयाँको नगद जरिवाना गरिएको विभागले जनाएको छ।

विभागका अनुसार यी दुई व्यवसायी उपभोक्ता संरक्षण ऐन, २०७५ को प्रावधान विपरीत काम गर्दै आएका कारण दण्डित गरिएका हुन्। यसअघि विभागले १४ व्यवसायीको अनुगमन गर्दा १२ व्यवसायीलाई सुधारात्मक निर्देशन दिइएको थियो।

हाल विभागले निर्माण सामग्री बिक्री गर्ने व्यवसायीहरूलाई नियमित रूपमा अनुगमन गर्दै आएको छ। यस अनुगमनमा स्थानीय प्रशासन, उपभोक्ता अधिकारकर्मी तथा सम्बन्धित निकायहरू पनि सहभागी छन्।