भारतमा कुल संक्रमितमध्ये ४ लाख २२ हजार ५४ जनाको मृत्यु

भारतमा कुल संक्रमितमध्ये ४ लाख २२ हजार ५४ जनाको मृत्यु तरुण खबर १३ श्रावण २०७८, बुधबार ०९:२७
भारतमा कुल संक्रमितमध्ये ४ लाख २२ हजार ५४ जनाको मृत्यु

२७, जूलाईमा भारतमा १७ लाख २० हजार बढीको परीक्षण, ४२ हजार ९२८ संक्रमित
काठमाडौं । संसारभरको कोरोना संक्रमणको रेकर्ड राखिरहेको वर्डमिटर्सका अनुसार भारतमा पछिल्लो २४ घण्टा (२७, जुलाई) मा १७ लाख २० हजार ११० जनाको नमुना परीक्षण गर्दा ४२ हजार ८२८ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् । २६, जुलाईमा ११ लाख ५४ हजार ४४४ जनाको नमुना परीक्षण गर्दा ३० हजार १२५ जना कोरोनाभाइरसका संक्रमित थपिएका थिए । पछिल्लो २४ घण्टा (२७, जुलाई) मा कोरोनाभाइरसको संक्रमणबाट ६४० जनाको निधन भएको छ । २६, जुलाईमा कोरोनाभाइरसको संक्रमणबाट ४१५ जनाको निधन भएको थियो ।

नेपाली समय अनुसार साउन १३ गते बुधबार बिहान ७.३० बजेसम्ममा भारतमा कोरोना संक्रमितको कुल संख्या ३ करोड १४ लाख ८३ हजार ४११ जना छन् । २०७८, साउन १३ गतेसम्ममा भारतले ४५ करोड ९१ लाख ६४ हजार १२१ जनाको नमुना परीक्षण गरिसकेको छ । २०७८, साउन १३ गते बिहान ७.३० बजेसम्ममा भारतमा ३ करोड ६ लाख ५५ हजार ३९० जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ । भारतमा सक्रिय संक्रमितको संख्या ४ लाख ५ हजार ९६७ जना छन् । पछिल्लो २४ घण्टा (मंगलबार) मा ४१ हजार ४५२ जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन् । साउन १३ गते बुधबार बिहान ७.३० बजेसम्ममा भारतमा कुल संक्रमितमध्ये ४ लाख २२ हजार ५४ जना कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।