टाटाले नयाँ वर्षमा ‘बिग स्विच’ अवसर ल्यायो

टाटाले नयाँ वर्षमा ‘बिग स्विच’ अवसर ल्यायो तरुण खबर १ माघ २०८२, बिहीबार १२:१९
टाटाले नयाँ वर्षमा ‘बिग स्विच’ अवसर ल्यायो

टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि.ले अङ्ग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा ग्राहकहरूका लागि विशेष ‘न्यू इयर बिग स्विच’ अभियान सार्वजनिक गरेको छ।

जनवरी १५ देखि १८ (माघ १ देखि ४) सम्म सञ्चालन हुने चार दिने यस अभियानमा ग्राहकहरूले आफ्ना पुराना गाडीहरू साटेर टाटाका अत्याधुनिक सवारी साधनहरूमा अपग्रेड गर्ने अवसर पाउनेछन्।

कम्पनीका अनुसार ‘बिग स्विच’ अभियानको मुख्य उद्देश्य ग्राहकलाई पुरानो गाडीको उत्कृष्ट एक्सचेन्ज मूल्याङ्कन उपलब्ध गराउँदै नयाँ सवारीको अनुभव दिलाउनु हो। योजना अवधिभर टाटाका गाडी बुकिङ गर्ने प्रत्येक ग्राहकले आकर्षक उपहार र नगद छुटको सुविधा पनि पाउनेछन्।

विशेष गरी विद्युतीय सवारी साधन (ईभी) प्रति रुचि राख्ने ग्राहकहरूका लागि टाटाले आजीवन निःशुल्क डीसी फास्ट चार्जिङ र निःशुल्क होम चार्जिङ जडान जस्ता विशेष सुविधाहरू उपलब्ध गराएको छ।

त्यसैगरी, नयाँ गाडी खरिद गर्दा ग्राहकले एक वर्षको सवारी कर छुट र निःशुल्क एसेसोरिज पनि प्राप्त गर्नेछन्।