भुजुङ्ग हाइड्रोको आईपीओ सर्वसाधारणका लागि खुल्दै

भुजुङ्ग हाइड्रोको आईपीओ सर्वसाधारणका लागि खुल्दै तरुण खबर २ माघ २०८२, शुक्रबार ११:३३
भुजुङ्ग हाइड्रोको आईपीओ सर्वसाधारणका लागि खुल्दै

भुजुङ्ग हाइड्रोपावर लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने भएको छ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर निष्कासन गरिसकेपछि कम्पनीले अब माघ १२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ खुला गर्न लागेको हो।

कम्पनीले जारी पूँजी एक अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता शेयर निष्कासन गर्न अनुमति पाएको थियो। सोअनुसार पहिलो चरणमा १० लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि र एक लाख कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन भइसकेको छ।

दोस्रो चरणमा कम्पनीले कर्मचारीहरूका लागि २० हजार कित्ता र सामूहिक लगानी कोषका लागि ५० हजार कित्ता शेयर सुरक्षित राख्दै बाँकी ८ लाख ३० हजार कित्ता साधारण शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गर्न लागेको हो। यसअनुसार सर्वसाधारणका लागि कुल ८ करोड ३० लाख रुपैयाँ बराबरको शेयर खुला हुनेछ।

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। निष्कासन छिटोमा माघ १५ गते र ढिलोमा माघ २६ गतेसम्म खुला रहने कम्पनीले जनाएको छ।