तरुण खबर
२ माघ २०८२, शुक्रबार ११:४१
एलआइसी नेपालको २४औँ वार्षिक साधारण सभा हालै ललितपुरस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेलमा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८१/८२ का लागि कुल २१ दशमलव ०५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय अनुमोदन गरेको छ।
सभामा अध्यक्षद्वारा संचालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरी पारित गरिएको थियो। लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ आषाढ मसान्तसम्मको वासलात, आर्थिक वर्ष २०८१/८२ को नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी अनुमोदन गरिएको छ।
सभाले लेखा परीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक तोक्ने निर्णय पनि गरेको छ। यस अन्तर्गत बहालवाला लेखापरीक्षक श्री केजे एशोशिएट्स पुनः नियुक्त हुन योग्य ठहरिएका छन्।
साथै, संस्थापक शेयरधनीद्वारा नियुक्त संचालक र स्वतन्त्र संचालकको नियुक्ति अनुमोदन गरिएको छ। संचालक समितिका अध्यक्ष र सदस्यहरूको बैठक भत्ता वृद्धि गर्ने प्रस्ताव पनि पारित भएको छ।
सभाले कम्पनी ऐन २०६३ को दफा १०५(१)(ग) अनुसार आर्थिक वर्ष २०८१/८२ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएका खर्चको पनि अनुमोदन गरेको छ। अध्यक्षको अनुमतिसहित अन्य केही प्रस्तावहरू पनि पारित गरिएको छ।


