मेटलाइफ नेपालले महोत्तरीको बर्दिबास, मोरङको पथरी र बागलुङमा तीन नयाँ एजेन्सी कार्यालय सञ्चालनमा ल्याउँदै वित्तीय सुरक्षाको पहुँच थप सुदृढ बनाएको छ। यी नयाँ कार्यालयहरूसँगै मेटलाइफको उपस्थिती यस क्षेत्रीय केन्द्रहरू र वरपरका समुदायसम्म विस्तार भएको छ।
नयाँ एजेन्सी कार्यालयहरूले स्थानीय स्तरमै भरपर्दो बीमा मार्गदर्शन, व्यक्तिगत सल्लाह र समयमै सेवा उपलब्ध गराउँदै मानिसहरूको दैनिक जीवनसँग नजिक रहन महत्वपूर्ण भूमिका खेल्नेछन्। यसअघि यी क्षेत्रका परिवार र साना व्यवसायका लागि जीवन बीमा पहुँच प्रायः टाढा सहरसम्म यात्रा गर्नु पर्ने वा सीमित जानकारीमा निर्भर रहनु पर्ने अवस्था थियो।
मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठ का अनुसार, “बर्दिबास, पथरी र बागलुङमा एजेन्सी कार्यालय खोल्नु भनेको समुदायस्तरमै वित्तीय सुदृढता मजबुत बनाउनु हो। सुरक्षा स्थानीय रूपमा उपलब्ध हुँदा परिवारहरूले सचेत निर्णय लिन, जोखिम व्यवस्थापन गर्न र भविष्यको योजना आत्मविश्वासका साथ बनाउन सक्षम हुन्छन्।”
नयाँ एजेन्सी कार्यालयहरूले स्थानीय रोजगारीका अवसर सिर्जना गर्ने र थप व्यक्तिहरूलाई बीमा व्यवसायीका रूपमा करियर निर्माणमा सहयोग गर्ने अपेक्षा गरिएको छ। यसले क्षेत्रीय आर्थिक गतिविधि र वित्तीय साक्षरता अभिवृद्धिमा समेत योगदान पुर्याउनेछ।
नेपालको अर्थतन्त्र विस्तार र विविधीकरण हुँदै गर्दा सहज र भरपर्दो वित्तीय सुरक्षाको आवश्यकता बढिरहेको अवस्थामा, मेटलाइफको रणनीतिक स्थानहरूमा सञ्जाल विस्तारले समावेशी विकास र दीर्घकालीन वित्तीय सुरक्षाको पहुँच सुनिश्चित गर्ने महत्त्वपूर्ण कदमको रूपमा लिइएको छ।




