तरुण खबर
४ माघ २०८२, आईतवार १०:५९
आइतबार पनि नेपाली बजारमा सुनको मूल्य वृद्धि क्रम जारी रह्यो। गत शुक्रबार प्रतितोला ७०० रुपैयाँले बढेको सुन आज ६०० रुपैयाँले थप बढेर नयाँ मूल्य कायम भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७७ हजार ८०० रुपैयाँ तोकिएको छ। यसअघि शुक्रबार यो मूल्य २ लाख ७७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
यसैबीच, चाँदीको मूल्य भने घटेको छ। गत शुक्रबार प्रतितोला ५ हजार ६४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ६२५ रुपैयाँमा झरेको छ।


