नेपाल एयरलाइन्सलाई कसरी सुधार्ने ?

नेपाल एयरलाइन्सलाई कसरी सुधार्ने ? तरुण खबर १५ श्रावण २०७८, शुक्रबार १०:०३
नेपाल एयरलाइन्सलाई कसरी सुधार्ने ?

चाउएन लाई श्रेष्ठ

नेपाल वायुसेवा निगमलाई कम्पनी मोडलमा सञ्चालन गर्ने तयारीविरुद्ध कर्मचारीले गरेको आन्दोलन गरेको करीब एक महिना पुगेको छ । उनीहरुले निगमलाई कम्पनी मोडलमा लैजाने प्रबन्धपत्रको मस्यौदा फिर्ता गर्न र महाप्रबन्धक डिमप्रसाद पौडेलको राजीनामा माग गरिरहेका छन् । उनलाई योगेश भट्टराई पर्यटन मन्त्री हुँदा ल्याएका हुन् । पौडेल पर्यटनमन्त्री योगेश भट्टराई पार्टीको प्रचार विभाग प्रमुख हुँदा सदस्य थिए । विद्यार्थी राजनीतिक पृष्ठभूमिबाट आएका हुन् उनी ।

२०५३ सालमा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका तत्कालीन नवलपरासी जिल्ला अध्यक्ष थिए डिमप्रसाद पौडेल । यसर्थ, किन योगेशले उनलाई नेपाल एअरलाइन्सको एमडी बनाएका रहेछन् ? भन्ने रहस्य खुल्दै गएको छ । राष्ट्रको एकमात्र राष्ट्रिय ध्वजावाहक एअरलाइन्सलाई निजीकरण गर्न खोज्ने, नेपाल ट्रष्टको सम्पत्ति खानेलाई सेटिङ मिलाएर व्यापार दिने, चिनियाँ जहाजलाई अप्रेसनमा नल्याउने, जुनियरलाई डाइरेक्टर बनाउने अनि सारा पाइलट र कर्मचारी आन्दोलन गरी उसको विरुद्ध सडकमा उत्रदा समेत सरकार मौन बस्न मिल्छ र ? यस घटनालाई कदापी राम्रो मान्न सकिदैन । तत्कालिन प्रधानमन्त्री ओली र पर्यटनमन्त्री योगेश भट्टराईको सेटिङमा ल्याएका हुन् उनलाई ।

२०७७, साउनदेखि ५ वटा चिनियाँ जहाज ग्राउन्डेड गर्ने निर्णय लिएपछि निगमको आन्तरिक उडानमा झन् झन् कमजोर उपस्थिति भएको छ एयरलाइन्सको । आन्तरिक उडानमा दुईटामात्रै जहाज बाँकी छन् । जहाँका जनता कुनै पनि यातायातको पूर्वाधारसँग जोडिएका छैनन्, त्यहाँ राज्यको उपस्थिति पु¥याउनु पर्ने सरकारको दायीत्व नै हो । अर्थात् निगमले ती पहाडी तथा दुर्गम क्षेत्रलाई प्राथमिकता दिनै पर्छ ।

कतार एयरवेज, रोयल भुटान, इथियोपिया एयरलाइन्सजस्ता बायु सेवाहरुलाई उदाहरणको रुपमा लिन सकिन्छ । यहाँ कुरा बायु सेवाको हुदै होइन, यो त कुशल व्यबस्थान र व्यवस्थापकको इच्छा शक्तिको, क्षमताको, निष्ठाको र उद्देश्यको विषय हो । नेपाल बायु सेवाले चरम राजनैतिक हस्तक्षेप, दलाल र निहित उदेश्य बोकेको नालायक र केन्द्रिकृत व्यवस्थापक एयरलाइन्सलाई थला पार्ने नीतिगत र परम्परागत प्रमुख कारक हुन् भन्न सकिन्छ । विश्व बजारमा निगमको इतिहास, ब्राण्ड भ्यालू अद्यापि कायमै छ । नेपाल एयरलाइन्सले हाल स्वदेशी र बिदेशी गरि झन्डै तीन दर्जन एयरलाइन्ससँग प्रतिस्पर्धा गरिरहेको छ । सेवाग्राहीलाई एयरलाइन्सको छनौटको अधिकार भएका क्षेत्रमा सेवा प्रदायकहरु पनि प्रतिस्पर्धामा खरो उत्रनु पर्ने हुन्छ । तसर्थ, निगमलाई बजार अनुसार चल्न सक्ने बनाउनुको विकल्प छैन । सरकार अब प्रस्ट हुनु पर्छ नेपाल एयरलाइन्स प्रतिश्पर्धी ढंगले काम गर्न सक्ने प्रमुख जसले लोककल्याण तथा व्यवसाय दुवैलाई साथै लग्न सक्ने निगम भित्रबाटै प्रमुख नियुक्ति गरिनु पर्छ ।

कतार एयरवेज, रोयल भुटान, इथियोपिया एयरलाइन्सजस्ता बायु सेवाहरुलाई उदाहरणको रुपमा लिन सकिन्छ । यहाँ कुरा बायु सेवाको हुदै होइन, यो त कुशल व्यबस्थान र व्यवस्थापकको इच्छा शक्तिको, क्षमताको, निष्ठाको र उद्देश्यको विषय हो । नेपाल बायु सेवाले चरम राजनैतिक हस्तक्षेप, दलाल र निहित उदेश्य बोकेको नालायक र केन्द्रिकृत व्यवस्थापक एयरलाइन्सलाई थला पार्ने नीतिगत र परम्परागत प्रमुख कारक हुन् भन्न सकिन्छ ।

यो अवस्थामा चलाउन सकिन्न, बन्दैन – बनाउन सकिदैन भन्ने यहाँका ठग कर्मचारीले ६० वर्ष लगाएर बिगारेको यो संस्था बनाउन सकिदैन भन्ने हालका नालायक डीमप्रसाद पौडेल (प्रकाश) ले राजीना किन गर्दैनन् ? भन्ने प्रश्न गौण हो, उनलाई राजीनामा दिन लगाउँनु पर्छ, मानेनन् भने सरकारले उनलाई कार्यक्षमता नभएको अभियोगमा कारवाही गरी फाल्न सक्नु पर्छ ।

दुइ दशक यता मात्र बनेका ७ वटा आयोग, समिति र कार्यदलले निगमलाई कम्जोर देखाउदै सुझाव दिएका छन् । प्राय सबैका सुझाब एकै प्रकारका छन् । यहि नेर सोच्न पर्ने कुरा के छ भने निगमको निजिकरणलाई किन मुख्य प्राथमिकतामा राखियो, जबकि सुधारको सुझाब प्रतिवेकहरुले दिएका थिए । उनीहरुको सुधार गर्नु पर्ने सुझावप्रति किन बेवास्ता गरियो ? निजिकरणलाई नै प्राथमिकतामा राखिएनु, निगमलाई क्रमशः कमजोर बनाउँदै ल्याइएका नीतिगत विषयमा किन सरकार मौन बसेको (?) भन्ने नै आम जनताको चासो हो । भ्रम फैलाउन खोजिनुको एउटै कारण निहित स्वार्थबाटै भएको छ भन्नेमा अब दुबिधा छैन ।

भौतिक र प्राविधिक रुपमा जर्जर बनेको नेपाल एयरलाइन्सले गरीब मुलुकलाई क्रृण बोकाएको छ । निश्पक्ष अयोग बनाएर नेपाल एयरलाइन्सको आर्थिक, भौतिक र सामाजिक उत्तरदायीत्वको विषयमा सरकारलाई प्रतिवेदन दिन लगाउँनु पर्छ । प्रतिवेदनका आधारमा संलग्न व्यक्तिहरुलाई मुलाहिजा नराखी कारवाही गर्नु पर्छ । कर्मचारी र व्यवस्थापन पक्ष आ–आफ्नै अडानमा रहँदा र विभागीय मन्त्रालय नेतृत्वविहीन हुँदा समस्या समाधानका लागि पहल हुन सकेको छैन । कर्मचारीले महाप्रबन्धक डिमप्रसाद पौडेलसँग वार्ता नगर्ने अडान लिइरहेका छन् । कर्मचारीले आन्दोलन शुरु गरेपछि सरकार परिवर्तन भयो । अहिले शेरबहादुर देउवा नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा मन्त्री चयन भइसकेको छैन । केही दिनमै पर्यटन मन्त्री बनेर कोही कोही व्यक्ति आउँलन् नै । मन्त्रीमण्डलमा क–कसको भागमा कति मन्त्री पर्छ भन्ने कुरामा दलहरुबीच सहमति भएको कुरा सार्वजनिक भैसकेको छ । यद्यपी तर सरकारले नेपाल वायु सेवा निगमलाई कम्पनीमा रुपान्तरण गरेर निजीकरण गर्न लागेको भन्दै चर्को विरोध भइरहेको छ । निगमका कर्मचारीहरुले कार्यालयमा तालाबन्दी गर्दा तनाव नै सिर्जना भएको थियो ।

महाप्रवन्धक पौडेल भने आफूलाई कार्यालय प्रवेशमै रोक लगाइएका कारण नियमित प्रशासकीय काम समेत प्रभावित भइरहेको बताएका छन् । आधिकारिक कर्मचारी यूनियनका महासचिव हेम लम्साल भने महाप्रबन्धकलाई कार्यालय प्रवेशमा रोक लगाए पनि निगमको उडान प्रभावित हुने गरी कामकाज नरोकिएको दावी गरेका छन् ।

नेपालका सार्वजनिक संस्थान सत्तारुढ दलका कर्मचारी भर्ना गर्ने थलो बनेको भन्दै विगतदेखि नै आलोचना हुँदै थियो र आज पनि छ । अन्तर्राष्ट्रियतर्फ चार र आन्तरिकतर्फ २ वटा विमान गरि कुल ६ वटा जहाज उडाइरहेको नेपाल एयरलाइन्समा मात्र १३ सय कर्मचारीले काम गर्छन् । भर्ती केन्द्रको रुपमा नेपाल एयरलाइन्सलाई प्रयोग गरिदै आएको सन्दर्भमा निजी क्षेत्रलाई जिम्मा दिनुको विकल्प छैन । यद्यपी यस संस्थानको ठूलो कर्मचारी हिस्सा त्रिभुवन विमानस्थलको ग्राउण्ड हृयाडिलिङ सेवामा रहेका छन् ।

अर्थ मन्त्रालयलले सार्वजनिक संस्थानलाई छरितो बनाउन संस्थानको व्यवसायिक योजना र कार्यबोझका आधारमा नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षणको आवश्यकता औल्याएको छ । यसका आधारमा कर्मचारीको उपयुक्त आकार राख्ने नीतिलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने सुझाव समेत दिएको थियो । आगामी दिनमा कर्मचारीले गर्नुपर्ने कामको स्पष्ट विवरण र कार्यसूचकको निर्माण गरि संस्थानको कार्यसम्पादनलाई कर्मचारीको वृत्ति विकाससँग समेत जोड्न अर्थ मन्त्रालयले सुझाव दिएको छ ।

पटक–पटक बनेका कार्यदलहरुले एयरलाइन्सलाई कम्पनीमा रुपान्तरण गर्नुपर्ने सुझाव दिँदै आएका थिए र छन् पनि । पछिल्लोपटक निगमको संस्थागत संरचनालाई कम्पनीमा परिवर्तन गर्नुपर्छ भनेर ‘नेपाल वायु सेवा नियम सुधार सुझाव कार्यदल’ले पनि केपी शर्मा ओली नेतृत्वको सरकारलाई सुझाव दिएको थियो । सरकारले राष्ट्रिय ध्वजाबाहक वायु सेवा निगमलाई कम्पनीमा लैजानेजस्तो दीर्घकालीन राष्ट्रिय महत्वको निर्णय कार्यदलको सुझावकै आधारमा गर्न लागेको थियो । आपूm अनुकुल प्रतिवेद दिन लगाएर मुलुकप्रति एक किसिमले धोका नै दिएको हुन् प्रतिवेदन दिनेहरुले । तर अहिलेको सरकार किन रमिता हेरेर बसेको छ ? यस्ता पौडेलजस्ता माफियालाई अविलम्ब बर्खास्त गरियोस् भन्ने जनताको चाहना हो । एयरलाइन्स भित्रबाट एमडी बनाइयोस् न कर्मचारीहरुको माग छ, यो नाजाएर माग अबस्य होइन नै ।

सार्वजनिक सम्पत्ति हिनामिना गर्ने व्यक्तिलाई नाङ्गेझार पार्नु पर्छ । एकै समयमा सुरु गरेको थाइ र कतार एयरलाइन्स आजको दिनमा संसारभरि उडान गरिरहेका छन् । तर हाम्रो नेपाल एअरलाइन्स सरकार र व्यवस्थापनको लापरबाहीले डुब्ने अवस्थामा पुगेको छ, क्रृणको भारी बोकाएका छन् । ठूलो ठूलो कुरा गर्ने पाइलट बिजय लामा कुन दुलोमा छन् ? कर्मचारहरुको आन्दोलन चलिरहेको छ, किन उनको मुख बन्द छ ? शिक्षा माफिया तीर्थ खनिया जस्तै स्वास्थ्य माफिया हुन् यिनी । त्यस्तै, वीपी स्वास्थ्य प्रतिष्ठानको भिसीलाई पनि कडा भन्दा कडा कारबाही गरियोस् । यो नेपाल एअरलाइन्सको एमडी (महाप्रबन्धक) र बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिलाई अविलम्ब बर्खास्त गरी यो सरकार जनताको बीचमा लोकप्रिय बन्नु पर्छ । आगे हेर्दै जाउँ, सरकारले के गर्छ ?
(लेखक श्रेष्ठ नेपाली काँग्रेस चितवनका नेता हुन्)