तरुण खबर
७ माघ २०८२, बुधबार ११:२५
नेपाली बजारमा आज बुधबार सुनको मूल्य फेरि बढ्दै नयाँ रेकर्ड कायम भएको छ । सुनचाँदी पत्थर, रत्न तथा आभूषण महसंघका अनुसार आज सुनको मूल्य तोलामा १० हजार ४०० रुपैयाँले वृद्धि भएको हो ।
मंगलबार प्रतितोला २ लाख ८४ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन आज बढेर प्रतितोला २ लाख ९५ हजार १०० रुपैयाँ पुगेको छ । लगातारको मूल्यवृद्धिसँगै सुनले हालसम्मकै उच्च स्तर छोएको महसंघले जनाएको छ ।
सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ । आज चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला ५ हजार ८८० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ९२० रुपैयाँ पुगेको छ ।


