राष्ट्र बैंकले २० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने तयारी

राष्ट्र बैंकले २० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने तयारी तरुण खबर ७ माघ २०८२, बुधबार ११:३६
राष्ट्र बैंकले २० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने तयारी

बैंकिङ प्रणालीमा थप तरलता बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले आज फेरि निक्षेप संकलनमा जाने भएको छ । केन्द्रीय बैंकले ६३ दिनको अवधिका लागि २० अर्ब रुपैयाँ तान्ने तयारी गरेको जनाएको छ ।

राष्ट्र बैंकका अनुसार यसका लागि आज दिउँसो २ बजे बोलकबोल प्रक्रिया हुनेछ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गरेर कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।

निक्षेप संकलनमा बोलकबोल ब्याजदरमा मात्र हुनेछ भने बहुब्याजदरमा बहुबोलकबोल गर्न पनि अनुमति हुनेछ । यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउने छन् ।

६३ दिने यो निक्षेप संकलन उपकरणको भुक्तानी चैत ११ गते गर्ने र ब्याजसमेत सोही दिन भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ ।