तरुण खबर
११ माघ २०८२, आईतवार ११:३०
पाल्पा सिमेन्ट इण्डष्ट्रीजको आईपीओमा आवेदन दिन आज (माघ ११ गते) अन्तिम दिन रहेको छ। कम्पनीले पुस २५ गतेदेखि उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरूका लागि खुला गरेको आईपीओमा आज बैंकिङ समयभित्र आवेदन दिन सकिनेछ।
कम्पनीले जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत अर्थात ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। यसमध्ये उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरूका लागि जारी पूँजीको ५ प्रतिशत अर्थात १८ करोड ७५ लाख रुपैयाँ बराबरको १८ लाख ७५ हजार कित्ता साधारण शेयर प्रतिशेयर १०० रुपैयाँ दरमा निष्काशन गरिएको छ।
आईपीओमा शेयर उद्योग प्रभावित क्षेत्र पश्चिम नवलपरासी (साविकको नवलपरासी जिल्ला) र खानी क्षेत्र पाल्पा जिल्लाका स्थानिय बासिन्दाहरूका लागि उपलब्ध छन्।
आवेदनका लागि न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ता शेयरसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।


